काठमाडौँ, २८ असार । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका अधिकांश स्थानमा विहान वर्षा भइरहेको छ । आज दिउँसा र साँझपनि अधिकांश भुभागमा वर्षाको सम्भावना रहेको छ ।
त्याती आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको एक र दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्