एजेन्सी, २८ असार । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या १ करोड २८ लाख ३९ हजार ५५६ जनामा संक्रमित भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ५ लाख ६७ हजार ५७४ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ७४ लाख ७७ हजार ६८३ जना पुगेको छ ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ३३ लाख ५५ हजार ६४६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ अहिलेसम्म ब्राजिलमा १८ लाख ४० हजार ८१२ जना, भारतमा ८ लाख ५० हजार ८१२ जना, रसियामा ७ लाख २० हजार ५४७ जना र पेरुमा ३ लाख २२ हजार ७१० जनामा संक्रमण देखिएको छ ।
कोरोना संक्रमणबाट अमेरिकामा १ लाख ३७ हजार ४०३ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ७१ हजार ४९२ जना, बेलायतमा ४४ हजार ७९८ जना, इटालीमा ३४ हजार ९४५ जना र मेक्सिकोमा ३४ हजार ७३० जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा १४ लाख ९० हजार ४४६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १२ लाख १३ हजार ५१२ जना, भारतमा ५ लाख ३६ हजार २३१, रसियामा ४ लाख ९७ हजार ४४६ र चिलीमा २ लाख ८१ हजार ११४ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै नेपालमा पनि कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म निको भएर घर फर्किनेको संख्या ८ हजार ४ सय ४२ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्