काठमाडौँ, २९ असार । हाल नेपालभर मनसुनी वायु सक्रिय रहेको साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको जनाएको छ ।
यस्तै, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्