काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
आज रानीपोखरी नजिकको भानुको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ । नेपाली भाषामा लेखिएको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषा र साहित्यमा ठूलो गुन लगाएका भानुभक्तको सम्झनामा नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार एक कार्यक्रम गरी भानु जयन्ती मनाएको छ ।
कार्यक्रममा सहभागी रहेका पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पृथ्वी नारायण शाहले भौगोलिक र भानुभक्तले नेपाली भाषा तथा साहित्यलाई एकीकरण गरेको बताए ।
विसं १८७१ मा असार २९ गतेका दिन हाल तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्तकाे जन्म भएकाे थियाे । उनले नेपाली भाषामा रामायण लेखेर नेपाली भाषालाई गुन लगाएका थिए । उनकाे लाेकप्रिय कृतिले नेपालीहरुकाे मनमनमा स्थान बनाएकाे र नेपाली भाषा समृद्ध हुँदै गएकाे रुपमा उनलाई स्मरण गर्ने गरिन्छ । आचार्यको विसं १९२५ असोज ६ गतेका दिन निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्