समाचार

आजको मौसम



काठमाडौँ, ३० असार । हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको र मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आँशिकदेखि  सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

त्यस्तै आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।