काठमाडौँ, ३० असार । बलात्कार गरी फरार भएका एक युवकलाई महानगरीय अपराध महाशाखाको टोलीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।
इलाम घर भई हाल ललितपुरको नख्खुमा बस्दै आएका २७ वर्षीय विजय गजमेरलाई महाशाखाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गएराति एक युवतीलाई कोठामा पुर्याइदिने भन्दै ललितपुरको एकान्तकुनामा लगेर गाडीमै बलात्कार गरेका थिए ।
बलात्कारपछि फरार गजमेर लुकेर कोटेश्वरमा बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्