राजनीति

मेलम्चीको सुरुङमा दुई जना बेपत्ता



काठमाडौँ, ३० असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनका अनुसार हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका छन ।

हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको र परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।

उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरी उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर बोलाइएको र  बेपत्ता २ जनाको खोजी सुरु गरेको प्रहरीले जनाएको छ ।