काठमाडौँ, ३१ असार । नेपालभर मनसुनी वायुको प्रभाव रहेको र मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज पनि देशभर वर्षाको सम्भावना रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
त्यस्तै आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।
आज राती भने देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्