समाचार

आजको मौसम



काठमाडौँ, १ साउन । हाल नेपालभर मनसुनी वायु को प्रभाव रहेको र मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशभर आँशिकदेखि  सामान्य बदली रही एक/दुई  स्थानहरुमा हल्का वर्षा भईरहेको छ । त्यस्तै आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज  राति  भने देशभर सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।