राजनीति

बाँकेमा सलह



बाँके, १ साउन ।  बुधबार नरैनापुर हुँदै बाँके प्रवेश गरेको सलह किरा बिहीबार पनि जिल्लाका विभिन्न भागमा घुमिरहेको छ ।

नरैनापुरबाट डुडुवा गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका हुँदै सलहको हुल बिहीबार दिउँसाे खजुरा गाउँपालिकाबाट उत्तर–पश्चिमतर्फ लागेकोमा बैजनाथबाट फेरि दक्षिणतर्फ फर्किएकाे छ । सलहले बालीनालीमा क्षति पुर्‍याएकाे किसानले जनाएका छन् ।

सलहले तरकारीबाली, मकै, आँप, बदाम, धान, दलहनबाली लगायतमा क्षति पुर्‍याएकाे छ । किसानहरुले बारीमा पुगेर थाल ठटाएर भगाएका कारण कम क्षति भएको छ । कृषि ज्ञान केन्द्रको टोलीले सलहलाई पच्छाइरहेको छ ।