झापा, २ साउन । झापामा खोलामा डुबेर एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने प्रवीन मुर्मुका ३ वर्षीय छोरा ऋषि मुर्मुको खोलामा डुबेर मृत्यु भएको हो ।
बिहीबार घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्धार गरी उपचारको लागि उनलाई बी.एन्ड.सी अस्पताल बिर्तामोड लगेका थिए । तर, अस्पताल पुर्याउनासाथ बालकको मृत्यु भएको थियो ।
उक्त घटनाबारेथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्