काठमाडौँ, ३ साउन । भारतमा कोरोना सङ्क्रमितको संख्या १० लाख ४० हजार ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा तेस्राे स्थानमा छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतकाे काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २६ हजार २८५ पुगेकाे छ ।
अहिले भातरमा ३ लाख ६० हजार सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ६ लाख ५४ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्