समाचार

ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु



काठमाडौँ, ४ साउन  । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको हो ।

धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । उक्त ट्र्याक्टरमा आठ सवारमध्ये एक जना बाँचेको बताईएको छ । सो घटनाबारे थप अनुसन्धान भई ढ़को प्रहरीले जनाएको छ ।