विश्व

भारतमा कोरोना संक्रमण एक दिनमै ३७ हजार नाग्यो



एजेन्सी, ४ साउन । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या शनिबार ३७ हजार ४०७ पुष्टि भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अहिलेसम्ममा कुल १० लाख ७७ हजार ८६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म  कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ हजार ८२८ पुगेको छ । शनिबार मात्रै त्यहाँ ५४३ जनाको मृत्यु भएको छ । यसअघि शुक्रबार ६७६ जनाले ज्यान गुमाएका थिए ।

भारतमा कोरोनाका सक्रिय संक्रमितहरू ३ लाख ७३ हजार ४०६ रहेका छन् । ६ लाख ७७ हजारभन्दा बढी मानिस चाहिँ  सङ्क्रमणबाट मुक्त भएर घर फर्किसकेका छन् । शनिबार मात्रै २३ हजार ५५२ जना संक्रमणमुक्त भएको जनाइएको छ ।