समाचार

आज कहाँकहाँ थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, ४ साउन । थप १५६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै सप्तरीमा ३२ जना स‌ंक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १०/१० जना, पर्सामा ७ जना, कास्की, लमजुङ र म्याग्दीमा ६/६ जना, बाँके र दाङमा ५/५ जनामा कोरोना संक्रमण देखिएको छ ।

ललितपुर, सर्लाही र रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २/२ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा १/१ जनामा संक्रमण देखिएको छ ।