Banner News

अरुको बुई चढेर सरकारलाई छिर्के लगाउँदै प्रचण्ड: महाधिवेशनमा जान डराए



काठमाडौँ, ५ साउन । दिनभर आफू निकट सचिवालय र स्थायी कमिटी सदस्यलाई मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सोही धारणा दोर्‍याएका छन् ।

खुमलटारमा सचिवालयका तीन नेतासहित स्थायी कमिटीका केही सदस्यहरुसँगको भेट सकाएपछि दाहाल आइतबार नै ४ बजेपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए । भेटमा ओलीसँग दाहालले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आफूलाई स्वीकार्य नभएको बताएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीसँग करिब ३ घन्टाको छलफलमा दाहालले मंसिरमा महाधिवेशन गर्न असम्भव भएकोसमेत बताएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।