विश्व

मास्क लगाउन र सामाजिक दुरी कायम गर्न राष्ट्रपति ट्रम्पकाे आग्रह



एजेन्सी, ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैलाई मास्क लगाउन आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारी दिनदिनै बढिरहेकोप्रति चिन्ता जनाउँदै ट्रम्पले सबैमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न आग्रह गरेका हुन् ।

ह्वाइट हाउसमा आयोजित नियमित कोरोना ब्रिफिङ गर्दै महामारी अझै भयावह हुने भएपनि त्यसपछि अवस्थामा सुधार आउने बताका छन् । यसअघि ट्रम्पले डब्ल्युएचओले बनाएको मापदण्ड मान्दै आएका थिएनन् ।

अमेरिकामा ४० लाख भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । १ लाख ४४ हजार ९५३ को मृत्यु भइसकेको छ ।