आँप अहिलेको मौसमी फल हो । आँपले गर्मी मौसममा सितलता प्रदान गर्नका साथै हाम्रो शरीरलाई धेरे फाईदा गर्दछ ।
हेर्नुहोस आँप खानुको फाइदा :
१. आँपमा एन्टि-अक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ ।
२. आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।
३. आँपमा मालिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड भएकोले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ ।
४. आँँपमा फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ । आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ ।
५. आँपले छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ ।
६. आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ। यसमा भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ ।
७. आँपमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।
८. आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ ।
प्रतिक्रिया दिनुहोस्