काठमाडौँ, ७ साउन । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले नेपाली आन्दोलनले एक अभिभावक गुमाएको बताउनुभएको छ ।
नेता बुढाका आज बिहान ललितपुरमा ९० वर्षको निधन भएको छ । बुढाको निधनले आफू मर्माहत भएको बताउँदै उहाँले बुढाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ। सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।’
त्यस्तै नवलपरासीका कम्युनिष्ट नेता तथा थारु समुदायका मुक्तियोद्धा कुलचन्द्र महत्तोको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । महतोको ६८ वर्षको उमेरमा आजै क्यान्सर रोगबाट निधन भएको छ ।










प्रतिक्रिया दिनुहोस्