जनकपुरधाम, ७ साउन । सर्लाहीमा गाँजासहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मंगलबार राति पैदल हिंडिरहेको अवस्थामा लालबन्दी नगरपालिका-१ लखनदेही खोला छेउबाट हरिवन नगरपालिका-२ बस्ने ३४ वर्षीय बिरु लामा र १८ वर्षीय गणेश काफ्लेलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले चेकजाँचका क्रममा दुवै जनालाई ७ किलो गाँजासहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्