अर्थ

आज पनि बढ्यो सुनचाँदीको मुल्य



काठमाडौँ, ८ साउन । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९४ हजार ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।