काठमाडौँ, ८ साउन । नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
सभापति देउवाले १२० दिन लामो लकडाउन खुलेपछि बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे छलफल भएको बताइएको ।
भेटमा सभापति देउवाले कोरोना संक्रमतिको संख्या बढिरहेका बेला लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि प्रधानमन्त्री ओलीसँग आग्रह र माग राखेका हुन् ।
लकडाउनका बावजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको कुरा पनि उनले स्मरण गराएका थिए । साथै पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गरेका छन् । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिब्रता दिनपनि प्रधानमन्त्री ओलीसँग उनको आग्रह छ ।










प्रतिक्रिया दिनुहोस्