Banner News

थप १४७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८ हजार २ सय नाग्यो



काठमाडौँ, ८ साउन । आज नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । त्यस्तै बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ ।

बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ ।  यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेका छन् ।