विश्व

रिपब्लिकन पार्टीको अगस्टमा हुने सम्मेलन ट्रम्पद्वारा रद्द



एजेन्सी, ९ साउन । कोरोना भाइरसको महामाीका कारण अमेरिकाको फ्लोरिडामा हुने रिपब्लिकन पार्टीको सम्मेलन रद्द हुने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उच्च जोखिम भएकाले सम्मेलन रद्द गर्नु परेको बताएका छन् । उनले भने -‘यो उपयुक्त समय होइन पार्टी सम्मेलनका लागि । तर हामी केही फरक स्वरुपले सम्बोधनभने गर्ने छौँ ।’

यसका लागि रिपब्लिकन डेलिगेट्स भने पुरानो सम्मेलन स्थल नर्थ क्यारोलाइनाको चार्लोटमा पुगेर भेला हुने बताइएको छ । कोरोना भाइरसबाट जोगिन बिशेष सुरक्षा अपनाएर ट्रम्पले सम्मेलनका केही भाग फ्लोरिडामा गर्ने घोषणा पूर्वनिर्धारित योजना थियो । रिपब्लिकन पार्टीले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि आगामी अगस्ट २४ मा हुने आधा दिनको कार्यक्रमले ट्रम्पलाई उम्मेदवारको औपचारिक घोषणा गर्दैछ ।