काठमाडौँ, १० साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठनका संयोजक ऐन महरले जनताको बहदुलिय जनवादको नीति वर्तमान समयको अपरिहार्यता रहेको औंल्याउँदै जबजको पक्षधरकै नेतृत्व हुनुपर्नेमा जोड दिनुभएको छ ।
हिजो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा ‘जसको नीति उसकै नेतृत्व’ हुनुपर्नेमा जोड दिएसँगै संयोजक महरले नेकपाको नीति नै जबज हुनुपर्ने बताउँदै जबज पक्षधरको नेतृत्व नै अबको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ ।
प्रचण्डले दिएको हिजोको अभिव्यक्ति ‘जसको नीति उसकै नेतृत्व’ प्रति आफुले पूर्ण रुपमा समर्थन गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अबको नेकपाको नीति तथा विषय बढो स्पष्ट रुपमा उल्लेख गर्नुभएको बताउनुभयो । तत्कालिन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीले नेपालको समयसापेक्ष रुपमा जबजको सिद्धान्त प्रतिपादन गर्नुभएको उल्लेख गर्दै उहाँले अबको नेकपाको नीति जबज नै हुनुपर्नेमा जोड समेत दिनुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अध्यक्ष कमरेड प्रचण्ड सँग एउटा बिषयमा सहमत भैयोस् जसको नीति उसैको नेतृत्व १ जबजको नीति जबज पक्षधरकै नेतृत्व । बिषय बडो स्पष्ट ११’










प्रतिक्रिया दिनुहोस्