काठमाडौँ, १० साउन । आज नाग पञ्चमी, परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज विभिन्न आठ प्रकारका नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाउनुका साथै आफ्ना कुल नागका थानमा विशेष पूजा गरी खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्