राजनीति

जोशीसहितका नेतालाई पार्टीबाट निस्कासन गर्नु दुर्भाग्य : नेता कोइराला



काठमाडौँ, ११ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गरिनु दुर्भाग्य रहेको बताएका छन् ।

तीन नेतालाई निस्कासन गर्ने निर्णयप्रति असन्तुष्ट नेता कोइरालाले फेसबुकमा लेखेका छन्, ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ रु आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो ।’

कांग्रेसको अनुशासन समितिले शनिबार तनहुँका जोशी, कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो । उनीहरुले गत चुनावमा पार्टीलाई असहयोग गरेको आरोप छ ।