धादिङ, १२ साउन । विभिन्न राजनीतिक दलका विभिन्न भातृ संगठनहरु रहेका छन् । जसमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मुलुकमा कुनै पनि प्राकृतिक प्रकोप तथा जनतामा समस्याहरु पैदा हुनसाथ जनताको साथमा हाजिर हुने गर्दछ । जसले गर्दा जनताको पिडाले दुखेको घाउमा मलम लगाउने कार्य मात्र गर्दै समस्याबाट छुटकारा गराउने विभिन्न प्रकारका उपायहरुको खोजी गरी निकास समेत दिने गर्दछ ।
वर्षायाम सुरु भएसँगै देशका विभिन्न भागहरुमा जाने गरेको बाढी पहिरो पिडितलाई राहत तथा पुनःस्थापनाका सवालमा सवैभन्दा अग्रभागमा रहने संगठन हो युवा संघ । यसै क्रममा धादिङले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ आगिनचोक गोलाङ खवासेमा पहिरोबाट मृत्यू भएकाहरुको परिवारलाई आज राष्ट्रिय युवा संघ नेपाल धादिङले रु ५० हजार नगद आर्थिक सहयोग गरेको हो । पीडित परिवारलाई भेट्न आगिञ्चोक स्थित गोलाङ खवासे पुगेका संघीय सांसद खेम प्रसाद लोहनीको हातबाट उक्त सहयोग हस्तान्तरण गरिएको छ ।
आगिञ्चोक गोलाङ खवासेमा साउन ५ गते राती घर माथिबाट आएको पहिरोले घर पुर्दा एकै परिवारका १९ वर्षिय सम्झना खाँण, उनको श्रीमान् २२ वर्षिय मिलन खाँण र डेढ बर्षिय छोराको मृत्यू भएको थियो ।
प्रतिक्रिया दिनुहोस्