एजेन्सी, १२ साउन । विश्वमा नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या १ करोड ६४ लाख ४ हजार १० जनामा संक्रमित भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ६ लाख ५१ हजार ६७० जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या १ करोड ३७ हजार ४४८ जना पुगेको छ ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ४३ लाख ७१ हजार २७६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ ।
अहिलेसम्म ब्राजिलमा २४ लाख १९ हजार ९०१ जना, भारतमा १४ लाख ३६ हजार १९ जना, रसियामा ८ लाख १२ हजार ४८५ जना र दक्षिण अफ्रिकामा ४ लाख ४५ हजार ४३३ जनामा संक्रमण देखिएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४९ हजार ८४३ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ८७ हजार ५२ जना, बेलायतमा ४५ हजार ७५२ जना, मेक्सिकोमा ४३ हजार ३७४ जना र इटालीमा ३५ हजार १०७ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा २० लाख ९० हजार ११० जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १६ लाख ३४ हजार २७४ जना, भारतमा ९ लाख १८ हजार ७३५, रसियामा ६ लाख २५० र चिलीमा ३ लाख १८ हजार ०९५ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १३ हजार १ सय २८ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्