राजनीति

एसिड पीडितलाई अनेरास्ववियूको सहयोग



काठमाडौँ, १२ साउन । सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले एसिड प्रहारबाट घाइते ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई भेटेर नगद सहयोग गरेको छ ।

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर सोमबार बिहान भेटेर १० हजार नगद राहत उपलब्ध गराइएको हो । पीडित युवतीलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, सुदेश पराजुली र मेघनाथ चापागाईं कीर्तिपुर अस्पताल पुगेका थिए ।

भेटघाटको क्रममा सहसंयोजक तामाङले एसिड प्रहार गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही दिलाउन र एसिड बिक्री वितरणलाई नियमन गर्न आफूहरुले दबाव सिर्जना गरेको बताएका छन ।

यही साउन ८ गते साँझ काठमाडौंको सीतापाइलामा कार्कीमाथि एसिड प्रहार भएको थियो ।