समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, १३ साउन । थप ३११ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौँ जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् ।

यस्तै डोटीका ५८ जना, कपिलवस्तुका ३४, स्याङ्जा र कैलालीका १८/१८ जना, मोरङका १७, अछामका १६, सप्तरीका १५, पर्साका १४, धनुषाका ९, महोत्तरीका ८, नवलपुर र दाङका ६/६ जना, बाराका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुर र सिन्धुपाल्चोकमा ४/४ जना, झापा, बाँके, बझाङ, लमजुङका ३/३, रुपन्देही, कास्की र सुर्खेतमा २/२ जना तथा इलाम, रौतहट, सर्लाही, नवलपरासी, नुवाकोट, रामेछाप, भक्तपुर, मकवानपुर, ओखलढुंगा, गोरखा, दैलेख, दार्चुला र कञ्चनपुरमा एक/एक जना संक्रमण थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ । उनीहरुमध्ये १३ हजार ८७५ निको भएका छन् भने ४९ जनाको मृत्यु भएको छ ।