राजनीति

सांसद सिटौलाले लिइन पद तथा गोपनियताको सपथ



काठमाडौँ, १४ साउन । जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले पद तथा गोपनियताको सपथ लिएकी छिन् ।

बुधबार दिउँसो प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको प्रतिनिधिसभाको समानुपातिकमा नवनिर्वाचित सांसद सिटौलालाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । उक्त सपथ ग्रहण कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता बाबुराम भट्टराईलगायतका नेताहरुले बधाइ तथा शुभकामना दिएका थिए ।