काठमाडौँ, १५ साउन । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोनाभाईरसको संक्रमण पुष्टि भएको छ ।
शुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ९ जनामा संक्रमण देखिएको हो ।
योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ भने अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।










प्रतिक्रिया दिनुहोस्