समाचार

स्वयम्भूमा बस दुर्घटना हुँदा एकको मृत्यु



काठमाडौँ, १६ साउन । स्वयम्भूमा सार्वजनिक बस अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भूका अनुसार गएराति करिब १२ बजेको समयमा कलंबाट नयाँबसपार्क जाँदै गरेको बा ५९८४ नम्बरको बस हलचोक र ठुलोभ‍¥याङ बीचमा दुर्घटना हुँदा बस चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान खुलेको छैन । मृतकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।