समाचार

खोलाले बगाएर एक पुरूषको मृत्यु



झापा, १८ साउन । जिल्लाको अर्जुनधारा नगरपालिका–४ का ५६ वर्षीय विदुर पराजुलीको खोलाले बगाएर मृत्यु भएको छ ।

स्थानीय टाङटिङ खोला तर्ने क्रममा उनलाई शनिबार दिउँसो खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्लामा खोलाले बगाएर र पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या एक महिनाको अवधिमा १० जनाभन्दा बढी रहेको प्रहरीको भनाइ छ ।