भक्तपुर, १९ साउन । ऐतिहासिक, धार्मिक तथा पुरातात्वीक महत्व रहेको प्रसिद्ध मन्दिर अनन्तलिङ्गेश्वर महादेव मन्दिरको पाउमा अवस्थित अनन्त कुण्डको शुभारम्भ गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ४ मा पर्ने उक्त कुण्डको आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतद्वारा एक विशेष कार्यक्रम गरी शुभारम्भ गरिएको छ ।
सांसद विकास कोष र नगरपालिकाको साझेदारी, जलस्रोत डिभिजन कार्यालय भक्तपुर तथा स्थानीयको सहयोगमा रु ३९ लाख ७१ हजारको लागतमा निर्माण गरिएको उक्त कुण्ड, सिढि, पुजा स्थल, तीन वटा ढुङ्गेधारा, भर्याङ, मन्दिर परिषरमा कम्पाउण्ड लगाउने कार्यलगायतको निर्माण गरिएको छ । त्यसको साथ साथै केही समय अघि नै उक्त स्थानमा अनन्त झुला समेत निर्माण गरिएको छ ।

नगरपालिकाको वडा नं. ४ र ७ को संगम स्थलको रुपमा रहेको पर्यटकीय तथा धार्मिक रुपले जिल्लाकै प्रसिद्ध ठाउँको रुपमा परिचित स्थलको रुपमा समेत लिने गरिन्छ । पर्यटकीय तथा धार्मिक रुपमा महत्वपूर्ण स्थलको रुपमा रहेको उक्त ठाउँमा आज रक्षा बन्धन वा जनै पूर्णिमाको शुभ अवसर पारि अनन्त कुण्डको शुभारम्भ गरिएको हो ।
सांसद बस्नेतको पहलमा भक्तपुरको विकास र समृद्धिको साथमा धार्मिक तथा सांस्कृतिक कुराहरुको समेत व्यापक मात्रामा विकास र विस्तार भएको उल्लेख गर्दै उपस्थित स्थानीयवासी तथा भक्तजनहरुले सूर्य र ताराको जति महत्व हुन्छ, त्यो भन्दा बढी अबको मुलुकको आवश्यकता महेश बस्नेत रहेको उल्लेख गरे । आगामी निर्वाचनलाई लक्षीत गर्दै स्थानीयले भने ‘सांसद महेश बस्नेत भक्तपुरको लागि मात्र नभई मुलुकको लागि नै फुलेको फुल हो । उक्त फुल अनन्तकालसम्म रहनुहुन्छ । त्यसको लागि जनताको हरपल साथ र सहयोग रहनेछ ।’

कार्यक्रममा बोल्दै सांसद बस्नेतले स्थानीयवासीको सकृयता नै भक्तपुरको विकास ६४ लिङ्गमध्येको ४१औं लिङ्गको रुपमा परिचित रहेको अनत्तलिङ्गेश्वर रहेको इतिहासका पानाहरुमा रहेको जानकारी गराउनुभयो । यो वर्षमा कुण्डको निर्माणले पूर्णता पाउन नसकेको उल्लेख गर्दै आगामी वर्षहरुमा क्रमशः पूर्णता दिँदै अघि बढ्ने उहाँले प्रतिवद्धता समेत जनाउनुभयो ।
उक्त स्थानको दिर्घकालिन विकासको नगरपालिकासँग सहकार्य गरी व्यस्थित रुपमा अघि बढाउँदै भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आर्थिक वृद्धिदरको मेरुदण्डको रुपमा विकास गर्ने उल्लेख गर्दै उहाँले महादेव खोलादेखी उक्त स्थानसम्म फुट ट्रायल तथा स्वीमिङ पुलको निर्माण गर्ने योजना समेत अघि बढेको जानकारी गराउनुभयो ।

दिर्घकालिन तथा जनमुखी योजना आएमा भक्तपुरका कुनै पनि क्षेत्रमा विकासको लागि तीन वटै तहका सरकारको तर्फबाट बजेट कमी नहुने समते उहाँले बताउनुभयो । उक्त स्थानलाई अझ बढी विकसित र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कोटेश्वरको बालकुमारीदेखी अनन्तलिङ्गेश्वर हुँदै रानीकोटसम्म जाने सडक निर्माणको लागि ४० करोड लागतमा ८ मिटरको सडक निर्माणको चरणमा पुगेको जानकारी गराउँदै उहाँले आगामी दिनमा भक्तपुरका जनताको चाहना र आवश्यकता अनुसारको विकास क्रमिक रुपमा हुँदै जाने बताउनुभयो ।
भक्तपुरको चारै दिशाबाट विकासको लहर आइरहेको उल्लेख गर्दै भक्तपुरका सडक, खानेपानी, ढल, कोरिडोर, विद्यालय, स्वास्थ चौकीलगायतका भौतिक तथा वातावरणीय विकासको बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले अनन्तलिङ्गेश्वरको विकास र विस्तार गरी भक्तपुरकै उत्कृष्ट पर्यटकीय स्थालको रुपमा स्थापीत गर्न नरपालिकाले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नगरपालिकाको नीति नै समृद्ध नगरपालिका बनाई आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रलगायतका कुराहरुको विकास गरी आर्थिक वृद्धिदरलाई उच्च बनाउने योजनाका साथ अघि बढिरहेको जानकारी गराउनुभयो ।
अनन्तलिङ्गेश्वर व्यवस्थापन संरक्षण समितिका अध्यक्ष शालिगराम न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रममा प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले अनन्तलिङ्गेश्वरको इतिहासका बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुन बस्नेत, वडा नं. ४ का वडाध्यक्ष उक्तम थापा, ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, ८ का वडाध्यक्ष किरण थापा, १ का वडाध्यक्ष सानुकाजी कायस्त, सूर्यविनायक विरुदल गणका गणपती शिव कुमार पौडेलल, नेपाल प्रहरीलगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्