कञ्चनपुर, २० साउन । कञ्चनपुरको लालडाडी गाउँपालिका ६ का ५० वर्षीय टीका राम चाैधरी यहीँ साउन १६ गते (शुक्रबार) घरबाटै हराएका थिए । हराएका चाैधरी ४ दिनपछि रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् ।
उनको शव साेमबार घर नजिकैकाे उखुबारी भित्र रुखमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलाैरीले जनाएको छ ।
मृतक चाैधरी कहिलेकाहीँ मदिरा सेवन गरेर ढिलाेगरि घर आउने भएकाले खाेजिमा चासाे नदिएको परिवार स्रोतले जनाएको छ । मृत भेटिएका चाैधरीकाे शव परिवारको जिम्मा लगाइएकाे छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।










प्रतिक्रिया दिनुहोस्