अर्थ

सुनको मूल्य १ लाख नाग्यो



काठमाडौँ, २१  साउन । आज सुनको मूल्य १ लाख नागेको छ  ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।