काठमाडौँ, २१ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कलाई आफ्नो दैनिक चाहिने वस्तुको सूचीमा राख्न आग्रह गरेको छ ।
घरबाट बाहिर निस्कँदा वा दोस्राे व्यक्तिसँग भेट्दा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दै मन्त्रालयले मास्कलाई दैनिक आवश्यकताको सूचीमा राख्न आग्रह गरेको हो ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सर्जिकल तथा अरु किसिमको मास्क लगाउन सम्भव नभएमा कपडाको तीन पत्रे मास्क सिलाएर भए पनि अनिवार्य लगाउन आग्रह गरेका छन ।
साथै मन्त्रालयले घरमै बसेर भिडभाड नगरि चाडपर्व मनाउन भन्दै पाहुना नबोलाउन र आफू पनि पाहुना लाग्न नजान आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्