काठमाडौँ, २२ साउन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।
उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।










प्रतिक्रिया दिनुहोस्