काठमाडौँ, २२ साउन । आज पनि सुनचाँदीको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ ।
बुधबारको तुलनामा बिहीबार सुन तोलामा ७ सय र चाँदी ५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख २ हजारमा रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्