समाचार

स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु



भक्तपुर, २२ साउन । भक्तपुर चागुँनारायण सडक स्थित वान्टीमा बुधबार दिउँसो स्कुटरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार दिउँसो चागुँनारायणबाट भक्तपुर तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नं. को स्कुटरले ठक्कर दिँदा भक्तपुर नगरपालिका–२ भोलाछेँ बस्ने ४१ वर्षीया सुन्दरी सुवाल गम्भीर घाईते भएकी थिइन ।

गम्भीर घाईते भएकी उनलाई  पचारको लागी भक्तपुर अस्पताल पठाईएकोमा प्राथमिक उपचार पश्चात ट्रमा सेन्टर पठाईएको त्यसपछि थप उपचारका लागी न्युरो अस्पताल बासँबारीमा  उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो ।

ठक्कर दिने स्कुटर चालक भक्तपुर चागुँनारायण नगरपालिका–६ छालिङ बस्ने २२ वर्षीय आशिष कार्कीलाई नियन्त्रणमा लिइ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।