Banner News

नेपाल–चीनबीचको सम्बन्ध कसैले हल्लाउन सक्दैन: राजदुत यान्छी



काठमाडौँ, २३ साउन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सम्बन्ध कसैले हल्लाउन नसक्ने प्रष्ट पार्नुभएको छ ।

बिहीबार साँझ ट्वीट गर्दै चिनियाँ राजदूत यान्छीले चीनले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै नेपाल–चीन सम्बनध मित्र र छिमेकीको मात्र नभई भाई र बहिनीको जस्तो भएको बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘नेपाल–चीनबीचको सम्बन्ध कसैले हल्लाउन सक्दैन । चीन र नेपाल मित्र र छिमेकी मात्र होइन, भाई र बहिनीहरू जस्तै हुन । यो मित्रता आत्मीय छ ।’

राजदूत यान्छीले चीनले नेपाललाई भूकम्प, बाढी, ईन्धनको संकट, कोरोना भाइरसलगायतको संकटमा सहयोग गर्दै आइरहेको पनि स्मरण गर्नुभएको छ । ‘जे भए पनि, हामी सँधै दुःख र दुःखमा साथ दिनेछौं’, राजदूत यान्छीको भनाई छ ।