राजनीति

श्रीलंकाका समकक्षी राजपाक्षलाई प्रधानमन्त्री ओलीको बधाई



काठमाडौँ, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई उहाँको श्रीलंकन पिपुल्स पार्टी (एसएलपीपी) ले शुक्रबार सम्पन्न निर्वाचनमा पाएको सफलतालाई लिएर बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार राजपाक्षलाई टेलिफोन गर्दै नेपाल सरकार र नेकपाको तर्फबाट बधाई तथा सफल कार्यकालको लागि पनि शुभकामना दिनुभएको छ । दुई प्रधानमन्त्रीले नेपाल र श्रीलंका बीचको सम्बन्धलाई आगामी दिनमा थप मजबुद बनाउँदै जाने विषयमा कुरा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ ।