समाचार

कार दुर्घटना हुँदा तीन जनाको मृत्यु



बुटवल, २४ साउन । रुपन्देहीमा कार दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको मृत्यु भएको हो । मृतक अन्य दुईजनाको पहिचान खुल्न बाँकी रहेको छ ।

दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घाइते भएका छन् । परासीबाट भैरहवातर्फ जाँदै गरेको सो कार गएराति अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटनामा कारमा सवार चारैजना गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि भिम अस्पताल भैरहवा पु¥याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।