समाचार

आजको मौसम



काठमाडौँ, २५ साउन । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउन लागेकाले हाल देशका अधिकांश भूभागहरुमा समान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको छ। साथै सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि भैरहेको छ ।

हाल कैलाली, कञ्चनपुर, बर्दियाका धेरै स्थानमा रातिदेखि नै अतिभारी वर्षा भइरहेको छ । त्यस्तै टिकापुर आसपास डुबानको उच्च जोखिम रहेको नेपाल बाढी सूचनाले जनाएको छ ।

कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर नदीको तटीय क्षेत्रमा सतर्क रहन राति २ बजे नै एमएस पठाएको थियो । त्यस्तै आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।