राजनीति

नेपालमा कोरोना मुक्त जिल्ला ७ पुग्यो



काठमाडौँ, २५  साउन । नेपालमा कोरोना संक्रमित शून्य जिल्ला ७ वटा पुगेका छन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला संक्रमण मुक्त भएका हुन् ।

गएको २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् । हालसम्म डिस्चार्ज हुनेको कूल संख्या १६ हजार ३१३ रहेकेा छ ।