राजनीति

हवाई उडान र लामो दुरीका यातायात भदौ १५ देखि खुल्ने



काठमाडौँ, २६ साउन । हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन हुने भएका छन् ।

आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले सो मिति सार्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण दर र मृत्युदर समेत बढ्दै गएको अवस्थामा हवाई उडान र लामो दुरीका यातायात सञ्चालन गर्ने मिति सार्ने निर्णय भएको हो ।

सिसिएमसीले गरेको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गरेपछि मात्रै यो कार्यान्वयन हुनेछ । मन्त्रिपरिषदकाे बैठक भाेलि बस्नेछ ।

सिसिएमसी बैठकले उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय पनि गरेको छ । स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ ।