एजेन्सी, २८ साउन । अमेरिकामा संक्रमित संख्या ५३ लाख ४ हजार ३६२ पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ९२४ संक्रमित थपिएका छन् ।
अहिलेसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६७ हजार ५८७ पुगेको छ । अझै २३ लाख ८१ हजार ६८८ जनामा सक्रिय संक्रमण रहेको छ भने उनीहरुमध्ये १७ हजार ३९९ को अवस्था गम्मीर छ ।
संक्रमित २७ लाख ५५ हजार ८७ जनाले कोरोना जितेका छन् । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ४३१ जनाको अवस्था गम्भीर छ ।
संक्रमित १ करोड ३४ लाख २४ हजार १७९ जनाले कोरोनालाई जितेका छन् ।










प्रतिक्रिया दिनुहोस्