काठमाडौँ, २८ साउन । नेपाल बैंक लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख सहयोग गरेको छ ।
उक्त रकम अर्थमन्त्री डा.युवराज खतिवडालाई सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले हस्तान्तरण गरेका छन् । मन्त्री खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिएका छन् ।
बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरूमा बैंकको सदैव साथ रहने बताए । उनले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषण गरेको र हालसम्म संघीय सरकारको कोषमा रु. ४ करोड ४६ लाख र प्रदेश सरकारहरुलाई रु. ५ लाखका दरले रु. ३५ लाख गरी कुल रु. ४ करोड ८१ लाख आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्